बलिउड अभिनेता आदित्य पंचोलीविरुद्ध दुष्कर्मको मुद्दा दर्ता


१३ असार २०७६, शुक्रबार १०:३५ मा प्रकाशित

मुम्बई । बलिउड फिल्म अभिनेता आदित्य पंचोलीविरुद्ध मुम्बईको वर्सोवा थानामा एक अभिनेत्रीले दुष्कर्मको मुद्दा दर्ता गराएकी छिन् ।

द हिन्दु पत्रिकामा प्रकाशित यो समाचार अनुसार वर्सोवा पुलिसले दिएको जानकारी अनुसार आरोप लगाउने अभिनेत्रीले बिहिबार पुलिसलाई आफ्नो बयान दर्ता गराएकी हुन् ।

मुम्बई पुलिसका प्रवक्ता डिसिपी मंजुजाथ सिंघेले भने, ‘हामीले बलात्कार, गलत आचरण, कुटपिट र आपराधिक रुपमा धम्की दिएको मुद्दा दर्ता गरेका छौं ।’

पत्रिकाका अनुसार आरोप लगाउने अभिनेत्रीले आफू सन् २००५ देखि २००८ को बीचमा आदित्य पंचोलीसँग सम्बन्धमा भएको बयान दर्ता गराएकी छिन् । यतिबेला पंचोलीले आफूमाथि उत्पीडन गरेको उनको आरोप छ । पंचोलीले उनलाई घरको कोठामा बन्द गरेको र उनलाई शारीरिक रुपमा उत्पीडन गरेको आरोप लगाएकी छिन् ।

वर्सोवा पुलिस स्टेशनका एक अधिकारीले भने, ‘हामीले पीडितको बयान दर्ता गरेका छौं । यो मामला थुप्रै वर्ष पुरानो हो त्यसकारण हामीले पीडितले भनेको स्थानमा गएर अनुसन्धान गर्नुपर्छ ।’

बलिउडकी अर्की नायिका कंगना रनावतले पनि पंचोलीले आफूलाई करियरको सुरुवाती दिनमा शारीरिक र यौनिक हिंसा गरेको आरोप लगाएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here