बुहारी बलात्कारको आरोपमा सैनिक कर्मचारी पक्राउ


१३ असार २०७६, शुक्रबार १०:२३ मा प्रकाशित

डोटी । भाइ बुहारी बलात्कार आरोपमा प्रहरीले एक सैनिक कर्मचारीलाई पक्राउ गरेको छ ।

सायल गाँउपालिका–३ का ३५ वर्षीय कृष्ण विष्टलाई बुहारी बलात्कार आरोपमा प्रहरीले पक्रेको हो । राति छोरालाई पिसाब गराउन बाहिर निस्केकी बुहारीलाई कृष्णले जबरजस्ती करणी गरेको उजुरीपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

मदिराको नसामा रहेका कृष्णले आफूमाथि कुटपिट समेत गरेको पीडित महिलाका आफन्तले बताएका छन् । तर, पक्राउ परेका कृष्णले बलात्कार गरेको अस्वीकार गरेका छन् । प्रहरीका अनुसार उनले बुहारीलाई जिस्क्याए पनि जबरजस्ती करणी भने नगरेको बयान दिएका छन् ।

आरोपी विष्ट नेपाली सेनाको कुमार दलगुल्म सुपारीटार हेटौंडामा कार्यरत रहेको प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here