एसइईमा करिश्मा मानन्धरले ल्याईन् तीन जीपीए


१२ असार २०७६, बिहीबार १८:३१ मा प्रकाशित

काठमाडौँ । यो वर्षको एसइई परिक्षामा सहभागी अभिनेत्री करिश्मा मानन्धर तीन जीपीए नम्बरसहित उत्तीर्ण भएकी छन् ।

नेपाली चलचित्रमा लामो सयम खेलेपछि करिश्मा आठ कक्षामा भर्ना भएकी थिइन् । उनले मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलबाट पुनस्अध्ययन थालेर एसइई दिएकी थिइन् । करिब तीन दशक भन्दा लामो समय नेपाली सिने क्षेत्रमा बिताएकी मानन्धरले डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयबाट एसइई दिएकी थिइन् ।

यो वर्ष ४ लाख ५० हजार २७५ परीक्षार्थी एसइईमा सहभागी भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here