निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पुरा भएको नेपाल प्रहरीको भनाइ


३ मंसिर २०७९, शनिबार १७:०८ मा प्रकाशित

झापा । नेपाल प्रहरीले आइतबार हुने निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पुरा भइसकेको जनाएको छ ।

निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी सहित १ लाख ८६ हजार ६ सय ९३ जना प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिनुभयो । शनिबार हिमालयन न्युज एजेन्सीसंग कुरा गर्दै प्रवक्ता राइले निर्वाचन शान्तिपूर्ण रुपमा सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

मतदानस्थलमा ढुङ्गामुडा गर्ने, मतदान कार्यक्रमलाई स्थगीत गर्ने, मतपेटिकालाई तोडफोड गर्ने, लिएर भाग्ने लगाएतका गतिविधि गर्ने विरुद्ध प्रहरीले आवश्यक बल प्रयोग गर्ने र आवश्यक परे गोलि समेत हान्न सक्ने आदेश जारी भएको उहाले जानकारी दिनुभयो ।

प्रवक्ता राईले निर्वाचन बिरोधी गतिविधि गर्ने ३१ समूहहरु पहिचान भइसकेकाले निगरानी राखिएको र केहिलाई पक्राउ गरि मुद्धा चलाइएको बताउनुभयो । उहाले निर्वाचनका लागि सादा पोशाकका प्रहरी परिचालनका साथै रिर्जभ टोली राखिएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here