बिराटनगरमा भेटियो बम जस्तो शंकास्पद वस्तु


३ मंसिर २०७९, शनिबार ०८:१७ मा प्रकाशित

बिराटनगर । मोरङको विराटनगरमा बम जस्तो शंकास्पद वस्तु भेटिएकाे छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार बिहान उक्त वस्तु भेटिएको हो ।

उक्त शंकास्पद वस्तु भेटिएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शंकास्पद वस्तु भेटिएको स्थान वरिपरि आवतजावतमा रोक लगाएको छ।

हाल शंकास्पद देखिएको वस्तुका बिस्तृत जानकारी लिने र निष्क्रिय बनाउनका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ पुग्दै गरेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here