कैलाली । सुदूरपश्चिम प्रदेशसभा बैठक लगातार चौथो पटक पनि स्थगित भएको छ ।
प्रदेशसभाको आज बोलाइएको बैठक अवरुद्ध भएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटप्रति असहमति जनाउँदै आएको प्रतिपक्षीले प्रदेशसभा भित्रै नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका हुन् । प्रदेशसभाको अर्को बैठक असार १५ गते दिउँसो ३ बजे बोलाइएको छ ।
विहीबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा संक्षिप्त वक्तव्य सहित छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो । तर, प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपका प्रदेशसभा सदस्यहरुले रोस्टम घेराउ गरी नाराबाजी गर्न थालेपछि बैठक स्थगित गरिएको हो ।
सुदूरपश्चि प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷०७७ का लागि असार १ गते २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट ल्याएको थियो ।





