बिर्तामोडमा नाटक घर निर्माण प्रक्रिया आजबाट सुरु


११ असार २०७६, बुधबार १७:०४ मा प्रकाशित

झापा । झापाको बिर्तामोडमा निर्माण हुने बहुजातीय सांस्कृतिक संग्राहलय सहितको झापा नाट्य घर अन्र्तगतको नाटक घर निर्माण सुरु भएको छ ।

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ मा निर्माण हुने नाट्य घरको आज बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतरा प्रसाईले संयुत्त शिलन्यास गरेका छन् । शिलन्याससँगै भवनको निर्माण आजैबाट सुरु गरिएको छ ।

भवन क्षितिज नाट्य समुहको अगुवाई र विभिन्न संघ संस्थाको पहलमा १ करोड १० लाख ६ हजार ६ सय ६८ रुपैयाँ लगानिमा निर्माण सम्पन्ने हुने क्षितिज नाट्य समुहका अध्यक्ष माधव कल्पित खतिवडाले जानकारी दिए । ३५ धुर जग्गामा निर्माण हुने नाटक भवन ७५ फिट लम्बाई र ६६ फिट चौडाईको १ तल्ले रहने छ । भवन निर्माण ६ महिनामा सम्पन्न गर्ने लक्ष्य छ ।

बहुजातीय सांस्कृतिक संग्राहलय सहितको झापा नाट्य घर निर्माण अन्र्तगत पहिलो चरणमा नाटक प्रर्दशन गर्नै घरको निर्माण सुरु भएको हो । निर्माण समितिले अबको ५ बर्षमा बहुजातीय सांस्कृतिक संग्राहलयको पनि निर्माण सम्पन्न गर्ने जनाएको छ । करिब २५ करोडको लागतमा निर्माण हुने संग्राहलय सहितको नाट्य घर निर्माणका लागी ज्ञानुराम प्रसाईयो संयजत्तमा निर्माण समिति गठन भएको छ ।

नाटक घर र संग्राहल निर्माणको लागी मनोज निरौलाले साढे ३ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका छन् भने ४ कठ्ठा जग्गा समितिले भाडामा लिएको छ । बहुजातीय सांस्कृतिक संग्राहलय सहितको झापा नाट्य घर साढे ७ कठ्ठा जग्गा क्षेत्रफलमा निर्माण हुनेछ ।

प्रदेश १ कै पहिलो बहुजातीय सांस्कृतिक संग्राहलयको रुपमा निर्माण हुने संरचनामा विभिन्न जात जातिको पहिचान झल्कने बस्तुहरु राखिने निर्माण समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here