नेपालमा यो वर्षको मनसुनी गतिविधि सुरु


५ असार २०७६, बिहीबार ०८:५२ मा प्रकाशित

काठमाडौं । नेपालमा यो वर्षको मनसुनी गतिविधि सुरु भएको छ ।पूर्वी भेगबाट मनसुन भित्रिएको भए पनि औपचारिक घोषणा भने आज बेलुकी वा भोलिसम्ममा गरिने जल तथा मौसम विज्ञान विभागका मीनकुमार आर्यालले जानकारी दिनु भयो ।

मौसमविद् अर्यालका अनुसार मनसुनी हावाको प्रभाव पूर्वी भेगदेखि देशका मध्य भेगसम्म देखिन थालेको छ ।यो वर्ष मुनसुन गत वर्षभन्दा ११ दिन ढिला गरी सुरु भएको हो। गत वर्ष जुन ८ मै नेपालमा मनसुन सुरु भएको थियो। मेघगर्जन र हावाहुरी नभई स्थिर खालको पानी पर्न थालेपछि मनसुन सुरु भएको मानिन्छ ।

यो वर्ष मनसुन अवधिमा प्रदेश १, २ , ३ र ५ मा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ । मौसमविदहरूको साउथ एसियन आउटलुक फोरमका अनुसार यी प्रदेशहरूमा औसत भन्दा कम पानी पर्ने देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here