नेपालमा कोरोना संक्रमण दर घट्यो


१९ भाद्र २०७९, आईतवार १७:५४ मा प्रकाशित

काठमाडौँ ।   नेपालमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय ५६ पिसिआर परिक्षणका क्रममा १ सय १६ जना र १ हजार ६ सय ९४ पिसिआर परिक्षणका क्रममा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप २ सय ३० जना निको भएका छन् । हाल नेपालमा २ हजार ५ सय २८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here