काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलकी आमाको निधन भएको छ ।
पूर्व गृहमन्त्री बादलकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनस्थित निवासमै ९१ वर्षकाे उमेरमा निधन भएको हो ।
थापाको निधनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दुःख व्यक्त गरेको छ ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शोक वक्तव्य जारी गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।





