नागरिकता बिधेयक संघीय संसदबाट हुबहु पारित गरेर राष्ट्रपतीय संस्थाको अवमूल्यन भयोः कमल थापा


१८ भाद्र २०७९, शनिबार १६:५१ मा प्रकाशित

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता बिधेयक संघीय संसदबाट हुबहु पारित गरेर राष्ट्रपतीय संस्थाको अवमूल्यन भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले राष्ट्रपतिले सुझाव सहित नागरिकता बिधेयक फिर्ता पठाएपनि त्यसलाई पुनः दबाट हुबहु पारित गरेर राष्ट्रपतिय संस्थाको अवमूल्यन भएको बताउनुभएको हो ।

उहाले गठबन्धन दलले नागरिकता बिधेयक हुबहु पारित गरेर मुलुकलाई अप्ठेरोमा ठकेल्न खोजेको आरोप लगाउनुभयो ।

त्यस्तै थापाले आगामी निर्वाचनबाट संसदमा सम्मानजनक उपस्थीति हासिल गर्न सके हिन्दुराष्ट्र पुर्नस्थापनाको पक्षमा देशव्यापी आन्दोलन गर्ने जिकिर गर्नुभयो ।

प्रमुख राजनीतिक दलको बिकल्पमा फरक बिचार बोक्ने आफ्नो मात्रै पार्टी भएको उहाको भनाई छ ।

थापाले ठूला भन्ने दलको असक्षमता, अदूरदर्शिताको जवाफ दिँदै जनताले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रुपमा उभ्याउन सहयोग गर्नुपर्ने धारणा पनि राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here