समितिको असक्षम र पूर्णतः विफल भएको आरोप उचित छैन : चोलेन्द्र शम्शेर


१६ भाद्र २०७९, बिहीबार १७:३९ मा प्रकाशित

काठमाडौँ ।   निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको औचित्यमाथि नै प्रश्न उठाउनुभएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा दोश्रो दिन बयान दिने क्रममा उहाँले महाभियोगमा प्रस्तावक रहेका सांसद छानविन समितिमा रहनु न्यायोचित नभएको भन्दै समितिको औचित्यमाथि नै प्रश्न उठाउनुएको हो । त्यस्तै उहाँले समितिको असक्षम र पूर्णतः विफल भएको भन्ने आरोप पनि उचित नभएको बताउनुभयो । बिहीबार जवरामाथि दुईवटा प्रश्न सोधिएको थियो ।

समितिका सभापति रामबहादुर विष्टले अर्को बैठक आइतबार बस्ने र थप प्रश्न सोधिने जानकारी दिनुभयो । उहाँले प्रश्नको जवाफ जवराले दिइरहेको भन्दै जवाफका बारेमा पछि छलफल हुने र निष्कर्षमा पुगिने बताउनुभयो । मंसिर ४ गते चूनाव रहेकाले त्यसअघि नै सवै प्रक्रिया पुरा हुने उहाँको भनाइ छ ।

छलफलपछि कांग्रेस सांसद मीन विश्वकर्माले बिहीबार ५ र ६ नंवरको प्रश्न सोधिएको बताउनुभयो । बयानका क्रममा जबराले आफ्नो बचाउको लागि राखेका बिषयलाई समितिले स्वभाविक रुपमा लिएको उहाँले बताउनुभयो । त्यस्तै माओवादी केन्द्रकी सांसद रेखा शर्माले समितिको प्रक्रियाका बारेमा नै प्रश्न उठाएको धारणा राख्नुभयो । संविधान अनुसार नै समिति गठन भएको र सदस्यहरु रहेको आफूहरुको भनाइ रहेको उहाँले जानकारी दिनुभयो ।

समितिले जवरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरेको छ । गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिधिधिसभामा महाभियोग दर्ता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here