बाढीले धेरै जनधनको क्षति गरेपछि अन्तर्राष्ट्रिय सहयोगका लागि पाकिस्तानको अपिल


१३ भाद्र २०७९, सोमबार १२:५३ मा प्रकाशित

झापा ।   बाढीले धेरै जनधनको क्षति गरेपछि पाकिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।

अमेरिका, बेलायत, संयुक्त अरब एमिरेट्स र अरू देशहरूले सहयोग उपलब्ध गराउँदै आए पनि अझै धेरै सहयोगको आवश्यकता रहेको पाकिस्तानले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

यो वर्ष जुनयता धेरै पानी परेर आएको बाढीका कारण पाकिस्तानमा ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३३ जना पुगेको छ । भने दशौँ हजार विस्थापित भएका त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन निकायले जनाएको छ । देशको उत्तरपश्चिममा पर्ने खैबर पक्तुन्वा प्रान्तमा नदीका तटबन्धहरू भत्किएपछि ठूला बाढी आउँदा कयौँ मानिस विस्थापित भएका छन् ।

बाढीले विस्थापित भएकाहरु राहतको पर्खाइमा छन् । बाढी प्रभावितका लागि आफूले सक्दो सहयोग गरिरहेको पाकिस्तान सरकारले जनाएको छ । दक्षिण पूर्वमा अवस्थित सिन्ध प्रान्तमा पनि हजारौँ मानिसहरू विस्थापित भएका छन् ।

आर्थिक समस्यासँग जुधिरहेको पाकिस्तानमा विपत्तिले झनै समस्या निम्त्याएको छ । पाकिस्तानमा हरेक वर्ष बाढीको जोखिम हुने गरेको भए पनि यसपालि फरक खालको वर्षा भएकाले धेरै जनधनको नोक्सानी भएको मौसमविद्हरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here