काठमाडौं । मतपत्र छाप्न कागज किन्ने प्रक्रियामा समस्या भएपछि निर्वाचन आयोगको कार्यतालिका प्रभावित हुने देखिएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा निर्वाचनमा मतपत्र छाप्न प्रयोग हुने कागज खरिद निर्वाचन आयोगका लागि झन्झटिलो बन्दै गएको हो।
मतपत्र छाप्ने कागज समयमै आपूर्ति अनिश्चित भएपछि निर्वाचन कार्यतालिकामै असर पर्न सक्ने सम्भावना बढेको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कागजको आपूर्तिलाई लिएर आयोगमाथि दबाब बढ्दै गएको छ ।
आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्तिका लागि भदौ १ गते बोलपत्र आह्वान गरेको थियो ।
तर न्यूनतम मूल्यसँग मेल खानेगरी कुनै आपूर्तिकर्ताले प्रस्ताव पेस नगर्दा आयोगले उक्त बोलपत्र रद्द गरेको छ । आयोगले ८५० मेट्रिक टन कागज खरिद गर्न लागेको हो ।





