देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक परेको होः प्रचण्ड


११ भाद्र २०७९, शनिबार १८:५९ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक परेको बताउनुभएको छ ।

शनिबार बुटवलमा सञ्चचारकर्मीसंग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले स्थानीय तहको चुनावमा आपसी गठबन्धन र तालमेल भनेजस्तो नभएपनि गठबन्धन दल र सरकार मिलेर चुनाव गराउनु नै ठूलो कुरा भएको जिकिर गर्नुभयो ।

त्यस्तै प्रचण्डले स्थानीय तह चुनावको परिणाम जस्तो आएपनि देशलाई दुर्घटनाबाट बचाउन सफल भएकोले उपलब्धिमूलक मानेको धारणा राख्नुभयो ।

उहाँले माओवादी केन्द्र छोडेर गएका नेताहरु पुनः पार्टीमा फर्किंदा पार्टी झन् बलियो भएको समेत बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here