देशको पहिचान मेटाउन खोज्ने बाह्य शक्तिको मतियार देशभित्रै छन : इश्वर पोखरेल


११ भाद्र २०७९, शनिबार १३:१५ मा प्रकाशित

काठमाडौँ ।   नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेपालको पहिचान मेटाउन खोज्ने बाह्य शक्तिको मतियार देशभित्रै रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंको हाँडीगाउँमा लिच्छविकालीन सत्यनारायण मन्दिर परिसरमा रहेको पुनःनिमिर्तत सत्तलको उद्घाटन गर्दै पोखरेलले नेपालको पहिचालन सकिए मुलुकको अस्तीत्व नै सकिने भन्दै नेपालको पहिचान मेटाउन खोज्ने बाह्य शक्तिको मतियार देशभित्रै रहेको बताउनुभएको हो ।

उहाँले तत्कालको स्वास्थ पुरा गर्न जस्तो सुकै कुकर्म गर्न पनि तयार हुनेहरुप्रति सजक हुनुपर्ने समेत बताउनुभयो । पोखरेलले मुलुकको धर्म संस्कृति र पहिचान रक्षाका लागि दलीय स्वार्थलाई त्यागी सबै एकजुट हुनुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश सांसद नारायण सिलवालले सम्पदाको पुननिर्माण ऐतिहासिक महत्वलाई नमेट्ने गरि गर्नुपर्ने र यसमा समाज पनि सजक हुनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले महानगरको ऐतिहासिक सम्पदा संरक्षका लागि समूदायसंग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here