काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको नाराबाजीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्न पाएनन् ।
प्रधानमन्त्री ओलीले युरोप भ्रमणबारे जानकारी दिनुका साथै समसामयिक विषयमा बोल्न समय लिएका थिए ।तर,बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उभिए ।अरु बेला यसरी विरोध गरेपछि एक जनालाई बोल्न दिने गरिन्थ्यो ।तर मंगलबार सभामुखले प्रधानमन्त्रीले बोल्न समय मागेको भन्दै समय दिए ।कांग्रेस सांसदहरुले ढ्यापढ्याप पार्दै प्रतिपक्षको कुरा सुन्न आग्रह गरे ।
सभामुखले प्रधानमन्त्री बोलेपछि समय दिने बताए ।तर प्रधानमन्त्री रोष्टममा पुग्दा नपुग्दै विपक्षी सांसदहरु हृवेल घेराउ गर्न आए । संसदीय मर्यादा कायम गर्नुपर्ने भन्दै विपक्षी सांसदहरुले नाराबाजी गरेपछि संसद स्थगित भयो । अर्को बैठक भोलि ४ बजे राखिएको छ ।





