बझाङ । बझाङमा सामेबार जीप दुर्घटनामा घाइते भएका दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको छ । सोमबार से १ ज १०७२ नम्बरको जीप मष्टा गाउँपालिका १ डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमा नै ज्यान गएको थियो ।५ जना घाइते भएका थिए ।घाइते मध्ये गम्भीर घाइते भएका तीन जनालाई सोमबार नै नेपालगञ्ज लगिएको थियो ।
मंगलबार बिहान थप दुई जना घाइते मष्टा गाँउपालिका १ की ३५ वर्षीया अनिता द्धाल, १५ वर्षीया संगीता खड्कालाई नेपालगञ्ज रिफर गरिएको हो ।उनीहरुको हात खुट्टा टाउकोमा समेत चोट लागेको कारण जिल्ला अस्पतालबाट रिफर गरिएको होे ।





