काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज पार्टी पदाधिकारीको टुंगो लगाउने भएको छ ।
पार्टी कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको थियो ।
आजको बैठकले पदाधिकारीको टुंगो लगाउने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
बिहीबार उक्त विषय टुंग्याउने जानकारी पार्टी प्रवक्ताले दिएपनि आकांक्षीहरुको व्यवस्थापन भने चुनौतीपूर्ण देखिन्छ ।





