झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदै हुनुहुन्छ ।
झापाका विभिन्न स्थानमा आयोजित कार्यक्रमहरूमा सहभागी हुन ओली झापा आउन लाग्नु भएको हो ।
झापाको क्षेत्र नं ३ मा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उद्योगी व्यवसायीको भेलालाई पनि उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भदौ ४ गते बिर्तामोडमा अखिल नेपाल महिला संघको जिल्ला अधिवेशन र इन्जिनियरिङ एसोसियसनको सम्मेलनमा अध्यक्ष ओली सहभागी हुनुहुनेछ ।
ओली तीन दिनका लागि झापा आउन लाग्नु भएको हो ।





