प्रतिनिधि सभाको बैठक बस्दै, नागरिक विधेयक जस्ताको त्यस्तै आजै पारित गर्ने तयारी


२ भाद्र २०७९, बिहीबार ०७:१२ मा प्रकाशित

काठमाडौं । आज बस्ने प्रतिनिधि सभाको बैठकबाट राष्ट्रपति कार्यालयबाट फिर्ता आएको विधेयक आजै पारित हुने संभावना रहेको छ ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ।

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय सत्ता गठबन्धनले यसअघि नै गरिसकेको छ।

गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने संसद सचिवालयको सम्भावित कार्यसूची छ।

राष्ट्रपति भण्डारीले २९ साउनमा सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गर्नुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here