राजवंशी समाज बिकास समितिकाे महाधिवेशनको तयारी अन्तिम चरणमा


२७ श्रावण २०७९, शुक्रबार १९:०५ मा प्रकाशित

 भरत प्रसाई । राजवंशी समाज बिकास समितिले आफ्नो संस्थाको केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।  झापाको बिर्तामोडस्थित पाथीभरा सिने प्लाजामा यही श्रावण २८ गते शनिवार आयोजना हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।

यस अघिको समितिले विधान विपरित साधारण सभा र अधिवेशनको घोषणा नै नगरी आफनो पक्षको जित सुनिश्चित गर्न उद्वत रही अन्य प्रतिनिधिको भावनासँग खेलवाड गरेकाले पुनः महाधिवेशन धोषणा गरिएको विशेष केन्द्रीय महाधिवेशन तदर्थ समितिका मोहन राजवंशीले जानकारी दिनुभयो ।

राजवंशी समुदायको साझा संस्थालाई ३ जनाको एकल निर्णयमा ब्यक्तिगत निर्णयको बन्दी बनाइ निजी कम्पनी सरह सञ्चालन गरेको भन्दै तदर्थ समितिले आपत्ति जनाएको छ ।

हरेक किसिमका द्विविधालाई चिर्न र राजवंशी संस्कृतिको संरक्षण गर्न केन्द्रीय महाधिवेशनको आयोजना गरिएको महाधिवेशन आयोजक समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here