नेपालमा थप ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि


१७ श्रावण २०७९, मंगलवार १८:२१ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ७ सय ६२ पिसिआर परिक्षणका क्रममा ५ सय ९ जना र २ हजार ६ सय ५३ एन्टीजेन परिक्षणका क्रममा ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप २ सय ९९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ७० हजार ६ सय २५ जना निको भएका छन् । हाल नेपालमा ५ हजार १ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here