राखेपद्धारा कर्मचारीलाई प्रदेश खेलकुद मातहात रहने गरि काम गराउने निर्णय


१६ श्रावण २०७९, सोमबार १४:१४ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले परिषद् अन्तर्गत रहेका कर्मचारीलाई प्रदेश खेलकुद मातहात रहने गरि काम गराउने निर्णय गरेको छ ।

परिषद्को आईतबार बसेको बोर्ड बैठकले अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न जिल्लामा रहेका कर्मचारी प्रदेश खेलकुद मातहत रहने गरि काम गराउने निर्णय गरेको हो । बैठकले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदलाई भब्य रुपमा सफल पार्न सबै प्रदेश र केन्द्र एकसाथ अघि बढ्ने निर्णय गरेको राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनुभयो ।

बैठकले आर्थिक बर्ष २०७९–८० को बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको उहाँले बताउनुभयो । उहाँले नवौं राष्ट्रिय खेलकुदका सवै खेललाई गण्डकी प्रदेशमा नै गराउने तयारी रहेपनि केहि प्राबिधिक कठिनाई आए अन्य स्थानमा पनि खेलाउन सकिने जिकिर गर्नुभयो ।

बैठकले खेलाडी छात्रवास निर्माण र एनएनसी फिट्नेश सेन्टरको स्थापना गर्नेनिर्णय पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here