ज्येष्ठ नागरिकलाई दुव्र्यवहार भएमा सन्तान र परिवारलाई दण्डित गर्न जरुरी छ : उमा रेग्मी


१२ श्रावण २०७९, बिहीबार १३:५९ मा प्रकाशित

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकको अधिकारलाई थप स्थापीत गर्न ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक ल्याइएको बताउनुभएको छ ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा उक्त बिधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री रेग्मीले ज्येष्ठ नागरिकप्रति परिवार र स्थानीय सरकारलाई उत्तरदायी बनाउने गरि बिधेयक ल्याइएको बताउनुभएको हो । उहाँले उक्त व्यवस्थाले ज्येष्ठ नागरिकको अधिकार संरक्षणमा महत्वपूर्ण योगदान हुने दावी गर्नुभयो ।

ज्येष्ठ नागरिकलाई सन्तानबाट दुव्र्यवहार तथा हिंसाका घटना बढ्दै गएको अवस्थामा ज्येष्ठ नागरिकले उजुरी गर्न नसकेमा छिमेकीले उजुरी गरेमा पनि कानुन आकर्षित हुने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

त्यसअघि बिधेयकमाथिको छलफलका क्रममा सांसदहरुले ज्येष्ठ नागरिकलाई सन्तानबाट दुव्र्यवहार भएमा स्थानीय तहले सन्तान र परिवारलाई दण्डित गर्ने र संरक्षण गर्ने व्यवस्था गर्न जरुरी रहेको धारणा राखेका थिए ।

बैठकले ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here