काठमाण्डौ । बञ्चरेडाँडाका स्थानीय बासिन्दाले फेरि फोहर ढुवानी गर्ने गाडीलाई रोकेका छन् ।
सडकको पूर्ण मर्मतको माग गर्दै स्थानीय बासिन्दाले बिहान फोहर बोकेर गएका काठमाण्डौ महानगरपालिकाका गाडीलाई रोकेका हुन् ।
‘स्थानीय बासिन्दाले दुईतर्फी नै गाडी गुडाउन मिल्ने गरी सडक मर्मतको माग गरेका हुन् ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अनुसार केहीबेरलाई फोहर ढुवानी नभएपनी । अब स्थानीय बासिन्दाको माग अनुसार दुईतर्फी नै सडक मर्मतमा महानगरपालिका लाग्ने बताउनु भयो ।
सडक मर्मतका लागि भन्दै काठमाण्डौ महानगरले एक हप्ताअघिदेखि फोहर उठाएको थिएन ।
आजदेखि फोहर उठाउने भनिए पनि समस्या भएको छ । फोहर नउठ्दा काठमाण्डौमा दुर्गन्ध फैलिएको छ ।





