राष्ट्रपतिद्धारा नवनियुक्त पाँचजना राजदूतलाई पद तथा गोपनीयताको शपथ ग्रहण


११ श्रावण २०७९, बुधबार १७:३१ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त पाँचजना राजदूतलाई बुधवार पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ ।

राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित समारोहमा राजदूत डा. दुर्गाबहादुर सुवेदी‚ दानबहादुर तामाङ‚ डा. शर्मिला पराजुली (ढकाल)‚ मिलनराज तुलाधार र प्रा.डा. रामस्वार्थ रायले शपथ लिएका थिए । सुवेदी जापान‚ तामाङ दक्षिण अफ्रिका‚ ढकाल स्पेन‚ तुलाधार रूस र राय डेनमार्कका लागि राजदूत नियुक्त भएका छन् ।

उक्त अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्का लगायत उच्च पदस्थ अधिकारी समेतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here