माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक


११ श्रावण २०७९, बुधबार १७:१० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

बुधबार बोर्डको बैठकपछि एसईईको नजिता सार्वजनिक गरिएको हो । परिक्षामा ४ लाख ९५ हजार ७ सय ५१ बिद्यार्थी सहभागी भएका थिए । परिक्षामा ३.६१ देखि ४ ग्रेड ल्याउनेको संख्या नौ हजार ६३३ रहेको छ ।

त्यस्तै ४१ हजार ६२७ जनाले ३.२० देखि ३.६०, ६९ हजार ९०० जनाले २.८० देखि ३.२० जीपीए प्राप्त गरेका छन् भने ९० हजार ७५८ जनाले २.४ देखि २.८० जीपीए ल्याएको बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले जानकारी दिनुभयो । त्यस्तै एक लाख १२ हजार ७३३ जनाले २ देखि २.४ जीपीए ल्याउदा एक लाख ५९४ जनाले १.६ देखि २ जीपीए ल्याएको उहाँले बताउनुभयो ।

त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०.८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको अर्यालले जानकारी दिनुभयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here