भक्तपुरमा गुँला पर्वका अवसरमा सवाःलाख चैत्य बनाउने धार्मिक कार्य आयोजना हुने


११ श्रावण २०७९, बुधबार १४:२७ मा प्रकाशित

काठमाडौँ । भक्तपुरमा गुँला पर्वका अवसरमा सवाःलाख चैत्य बनाउने धार्मिक कार्य आयोजना हुने भएको छ ।

बिभिन्न कारणले रोकिएको उक्त धार्मिक कार्य पाँच वर्ष पछि भक्तपुरका साकोलान टोलका मानन्धर समुदायले आयोजना गर्न लागेका हुन् । गुँला ङक धलं ब्यवस्थापन समितिले बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै छुट्टै पहिचान बोकेको सवाःलाख चैत्य बनाउने धार्मिक कार्य ( गुँला ङक धलं ) लाई यस बर्ष भक्तपुरका मानन्धर समुदायले आयोजना गर्ने जानकारी दिएको हो ।

शुरुका समयमा प्रत्येक वर्ष आयोजना गरेको भए पनि पछिलो समय मानव संशाधन, बजेट तथा अन्य समस्याले गर्दा निरन्तरता पाउन सकेको छैन । तर पाँच वर्ष पछि पुन उक्त धार्मिक कार्यक्रमको आयोजना गरिने समितिका सचिव रामकृष्ण मानन्धरले जानकारी दिनुभयो । परापूर्व कालदेखि मानन्धर समुदायले गुँलाथ्व पारु देखी ञलाथ्व पारु एक महिनासम्म गुँला पर्वमा मनाउने गुँला ङक धलं यसपाली श्रावण १३ गतेदेखी भाद्र १२ गतेसम्म भक्तपुर– ९ साकोलान टोलको धार्मिक कार्य आयोजना गरिने सचिव मानन्धरले जानकारी दिनुभयो ।

गुँलाको पहिलो मंगलबार सुर्यबिनायक देवस्थलमा गुँला नौं बाजा बजाउन जाने गरिन्छ । शनिवार अष्टमात्रिका देबस्थलहरुमा बाजा जाने गरिन्छ । सापारुको दिनमा ब्रतपुजा सकाएर ब्रतालुहरु र नौं बाजा सहित नामसंगिति स्तोत्र धर्मग्रन्थ खतमा राखी चारजनाले बोकी नौंबाजा बजाई नगरपरिक्रमा गर्ने गर्दछन । भाद्र शुक्लप्रतिपदाको दिनमा पुजाबिधि सकाएर एकमहिना भरी स्तोत्र पाठ गरी बनाएको सवालाख चैत्य नौबाजा बजाई हनुमान घाटमा बिसर्जन गरी गुँला धलं समापन गरिने प्रचलन रहेको समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here