काठमाण्डाै । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि आउँदो मन्त्रिपरिषद् बैठकले मिति तोक्न सक्ने बताउनुभएको छ ।
आज मङ्गलवार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा थपलियाले आउँदो मन्त्रिपरिषद्को बैठकबाट मङ्सिर ४ गते चुनाव हुने गरी मिति तोकियो भने आश्चर्य नमान्न आग्रह गर्नुभएको छ ।
‘आयोगले सम्पूर्ण व्यहोरासहित एकै चरणमा प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव मङ्सिर ४ गते गर्न मिति सिफारिस गरिसकेको छ । अब मन्त्रिपरिषद्ले मिति तोक्न मात्र बाँकी छ’, उहाँले भन्नुभयाे । चुनावको तयारीका सबै काम सुरु भइसकेको उहाँकाे भनाइ छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले संघ र प्रदेशको चुनाव पालिकाको चुनाव भन्दा कम खर्चिलो हुन सक्ने बताउनुभएको छ ।





