विप्लवसहित चार पार्टी सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा


१० श्रावण २०७९, मंगलवार १५:४९ मा प्रकाशित

काठमाडौं । सरकारविरुद्ध संसद बाहिरका चार कम्युनिष्ट पार्टीहरुले संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लव, नेकपाका अध्यक्ष ऋषि कट्टेल, समाजवादी समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’ र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले संयुक्त रुपमा संघर्षको कार्यक्रम घोषणा गरेका हुन् ।

उनीहरुले आफ्नो अभियानमा साथ दिनको लागि राष्ट्रिय स्वाधीनता एवं जनअधिकार रक्षाको संयुक्त जनसंघर्षमा सामेल हुन विशेष अपिल समेत गरेका छन्।

उनीहरुले साउन १० गते संयुक्त पत्रकार सम्मेलन, साउन १३ गते देशव्यापी कोणसभा, साउन १५ गते देशव्यापी मसाल जुलुस,साउन १५ गते काठमाडौंमा  अन्तरक्रिया र साउन २१ गते प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्।

यो कार्यक्रमपछि उच्च स्तरको जनसंघर्षका कार्यक्रमहरु घोषणा गरिने उल्लेख गरेका छन्। उनीहरुले शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारको नियति एमसिसी र एसपिपीमा उदाङ्गो भएको बताएका छन्।् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here