काठमाडौँ । सिन्धुपाल्चोकमा सोमबार बिहानै भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौँमा पनि महसुस भएको थियो। थप विवरण आइसकेको छैन ।





