पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनरामश्रेष्ठसँग नेपालकालागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नु भएको छ।मन्त्रालयम भएको भेटमा उहाँहरु बीच दुई देश बीचको र हिआएको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ।
मन्त्री श्रेष्ठले राजदुत श्रीवास्तवको कार्यकालमा दुई देश बीचको सम्बन्ध लाईअझ उचाइमा पुर्याउन सफलहुने विश्वास व्यक्तगर्नुभयो। नेपाल र भारतबीच सदियौंदेखि सामाजिक,सांस्कृतिक,धार्मिक र आर्थिक सम्बन्धरहि आएको चर्चा गर्नु हुँदै मन्त्री श्रेष्ठले दुबै देशबीचसहकार्यका धेरै सम्भावना रहेको बताउनुभयो।
मन्त्रीश्रेष्ठले गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलपुर्णक्षमतामा संचालनका लागि नयाँ हवाईप्रवेशविन्दु उपलब्ध गराउनराजदुत श्री वास्तवसँग प्रस्ताव गर्नुभयो । नयाँ हवाई प्रवेश विन्दु उपलब्ध भएमा उडानखर्च र समय घट्नुका साथै हवाईट्रा फिकजामको समस्या समाधा नहुने मन्त्री श्रेष्ठको भनाइ छ।





