वीरगन्ज । पानी संगै परेको चट्याङ लागेर बीरगन्जमा एक युवकको मृत्यु भएको छ ।
चट्याङ लागेर वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगही टोलका ३२ बर्षका दिनानाथ ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ साढे ५ बजेको समय आफनै खेतमा काम गरिरहेको बेला अचानक परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।





