खर्चिलो, अव्यावहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भनाई


५ श्रावण २०७९, बिहीबार १८:२७ मा प्रकाशित

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले खर्चिलो, अव्यावहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने पुष्टि भएको बताउनुभएको छ ।

बिहीबारबाट काठमाडौं सुरु दुई दिने केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले जनप्रतिनिधि र प्रशासनिक खर्चको भार बोझिलो हुदा हुदै करको दायराले जनताको जनजिवन नै प्रभावित भएको भन्दै अव्यावहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने पुष्टि भएको बताउनुभएको हो ।

उहाँले राजसंस्थालाई बहिष्करण गरेकैका कारण हाँलसम्म पनि शान्ति प्रक्रियाले हालसम्म पनि पूर्णता पाउन नसकेको तर्क गर्नुभयो । चर्को मूल्य वृद्धि र बजार घाटा, वैदेशिक मुद्राको अल्प संचिति, असन्तुलित आयात निर्यातको दर उत्तिकै कहालिलाग्दो रहेको उहाले बताउनुभयो । उहाँले ठूला भनिएका दलहरुकै कारण मुलुकमा भ्रष्टचार व्याप्त बनेको र मुलुकमा आर्थिक समस्या देखा परेको तर्क गर्नुभयो ।

बैठकमा लिङ्देनले प्रारम्भिक समसामयिक राजनीतिक परिवेश र भावी कार्ययोजना पेस गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here