पैनीको पानीमा डुबेर बालिकाको मृत्यु


५ श्रावण २०७९, बिहीबार १६:३९ मा प्रकाशित

मोरङ । मोरङको पथरीशनिश्चरे ९ सगरमाथा चोक स्थित पैनीको पानीमा डुबी बालिकाको मृत्यु भएको छ ।

आज बिहान ९ बजे तेह्रथुम छथर गाउँपालिका ३ घर भई हाल पथरीशनिश्चरे ९ मा बस्दै आएका कुमार लिम्बुको १९ महिनाकी छोरी स्नेहा लिम्बु आँगनमा खेल्ने क्रममा नजिकै रहेको पैनीको पानीमा डुबी मृत्यु भएको हो ।

घटना स्थलमा ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटि मृतक लाशलाई पोष्टमार्टमको लागि मंगलबारे अस्पताल पठाएको र घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here