ललितपुर महानगरले नम्बर प्लेटको नाममा हरेक घरसँग एक हजार रुपैयाँ उठाउन सुरु


५ श्रावण २०७९, बिहीबार १३:३३ मा प्रकाशित

काठमाडौँ । ललितपुर महानगरपालिकाले घर नम्बर प्लेटको नाममा हरेक घरबाट एक हजार रुपैयाँ शुल्क उठाउन थालेको छ ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका घरको लगत सङ्कलन र पहिचानको लागि भन्दै नम्बर प्लेट टाँसिरहेको छ ।

महानगरले केही घरमा यसअघि नै हरियो रङ्गको नम्बर प्लेट टाँसिसकेको छ ।

आज सूचना निकालेर महानगरले नम्बर प्लेटबापतको १ हजार रुपैयाँ शुल्क सम्पत्ति कर असुल हुने समयमा लिने जनाएको छ ।

घर नम्बर प्लेटको रकम नबुझाएमा सम्पत्ति कर समेत नलिने सङ्केत महानगरले गरेको छ ।

अब महानगरका घरधनीले सम्पत्ति कर बुझाउँदा एक हजार रुपैयाँ घर नम्बर प्लेटबापत बुझाउनुपर्नेछ । घर नम्बर प्लेटको शुल्क पहिले नै बुझाएको भए सम्पत्ति कर बुझाउने बेला प्रमाण बुझाउनुपर्ने पनि सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here