बाढीले सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु सडक अवरुद्ध


५ श्रावण २०७९, बिहीबार १२:४० मा प्रकाशित

काठमाण्डाै । गएरातिको वर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु सडक खण्डको ठाउँ–ठाउँमा सडक बगाएको छ । यसले गर्दा त्यहाँ यातायात सेवा अवरुद्ध भएको छ ।

बाढीले हेलम्बुको चनौटेमा गएको वर्षको बाढीपछि बनाइएको सडक बगाएको त्यहाँका बलसित खड्काले जानकारी दिनुभयो ।

यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताउनुभयो । गएराति ठूलो वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका स्थानीय बासिन्दा रातभर घर बाहिर बसेका थिए ।

गएराति सिन्धुपाल्चोकको मेलम्ची खोलामा रहेको नाकोते र आसपासमा ठूलो वर्षा भएको थियो । जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here