सुनको भाउमा आज पनि भारी गिरावट


५ श्रावण २०७९, बिहीबार १२:०४ मा प्रकाशित

काठमाडौँ । सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ ।

तोलामा आज सुन ९३ हजार रुपैयाँमा झरेको हो । हिजो ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here