लागुऔषध सहित चार जना पक्राउ


५ श्रावण २०७९, बिहीबार १२:०२ मा प्रकाशित

भोजपुरको हतुवागढी गाउँपालिका ९ स्थितबाट २ जना, मोरङको बिराटनगर १६ र पथरी शनिश्चरे नगरपालिका(४ बाट १र१ जना लागुऔषध सहित पक्राउ परेका छन ।

हिजो दिउँसो प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले संकास्पद अवस्थामा हिडिरहेका हतुवागढी ८ का २५ बर्षीय सुमोर राई र ४३ बर्षीय भक्त बहादुर थापालाई चेक जाँचको क्रममा उनीहरुको साथबाट ब्राउनसुगर ६ सय मिलिग्राम, ट्रामाडोल हाईड्रोक्लोराईड ३४ क्यप्सुल र स्पास्पेन ३४ ट्यावलेट सहित बरामद गरेको थियो यसै गरी मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका ४ का २१ बर्षीय अमृत लिम्वुलाई २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर, स्पास्पेन ९७ ट्रयावलेट र प्रामोल ९० ट्यावलेट सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ स्थित हुलास चौकमा जोगवनी भारतबाट नेपाल आउदै गरेका धनकुटा पाख्रिवास नगरपालिका ४ का २२ बर्षीय बिसाल लिम्वुलाई संका लागि चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक १५ एम्पुल, फेनारगन १५ एम्पुल, डाईजोपाम १५ एम्पुल, एभिल १५ ऐम्पुल, नाइट्राभेट ९ ट्यावलेट सहित बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here