इन्जिनियरहरुलाई थप दक्ष बनाउन सरकारले सहयोग गर्ने


३ श्रावण २०७९, मंगलवार १५:२९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक समृद्धिको विकास र जनताका आवश्यकता पुरा गर्न इन्जिनियरको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

६०औँ इन्जिनियरस् दिवसको अवसरमा नेपाल इन्जिसिनयर्स एशोसिएसनले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले इन्जिनियरहरुलाई थप दक्ष बनाउन सरकारले सहयोग गर्ने समेत बताउनुभयो ।

उहाले राज्यको परिकल्पना अनुसारको विकास निर्माण गर्ने व्यक्ति इन्जिनियरहरू नै भएको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री देउवाले पूर्वाधार निर्माणमा देखिएको समस्याहरुलाई समाधान गर्दै गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गर्नु आजको आवश्यक भएकाले यसमा पनि इन्जिनियरहरुले भूमिका निर्वाह गर्नुपर्ने जिकिर गर्नुभयो ।

देशको आर्थिक विकासलाई सहयोग पु¥याउने गरी आधुनिक पूर्वाधार सुविधाहरूको विकासका लागि सवै पक्षबीच समन्वयन हुनुपर्ने उहाको भनाई छ ।

त्यस्तै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले इन्जिसिनयर्सहरुको समस्या समाधान लागि इन्जिसिनयर्स परिषद्सम्बन्धी बिधेयक सदनमा रहेको र यहि अधिवेशनले पारित गर्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ इन्जिनियर विजयमान शेरचनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।

यसैगरी बेस्ट इन्नोभेसन अवार्ड इन्जिनियर अनुप खनाललाई प्रदान गरिएको छ । त्यस्तै अन्य इन्जिनियहरुलाई पनि सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here