काठमाडौँ । अखिल क्रान्तिकारीले गर्भनर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बिहीबार पनि प्रदर्शन गरेको छ ।
काठमाडौंको प्रदर्शनमार्गमा अखिल क्रान्तिकारीले क्याम्पस जिल्ला समितिले गर्भनर अधिकारी एमाले नेता भएको भन्दै पदबाट बर्खास्त गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।
गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभाग सदस्य भएको भन्दै अखिल क्रान्तिकारी आन्दोलनमा उत्रिएको हो । गभर्नर अधिकारीको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने संगठनले जनाएको छ ।





