फिदिम बजारमा भिषण आगलागी


२३ जेष्ठ २०७६, बिहीबार १४:४७ मा प्रकाशित

जितेन्द्र भण्डारी, पाँचथर । फिदिम बजारमा आज दिउँसो भिषण आगलागी भएको छ ।

आगलागिबाट स्थानीय संगिता राना मगर र कर्णकुमार थापाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । ती घरमा रहेको होटलहरु पाथिभरा मिष्ठान भण्डार,पाँचथर गेष्ट हाउस पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागीबाट कति क्षति भयो भन्ने जानकारी प्राप्त नभएको प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो ।स्थानिय,नेपाल प्रहरी,सशस्त्र प्रहरी,वारुणयन्त्रको सहयोगमा २ घण्टा पछि आगो नियन्त्रणमा लिइएको थियो । आगो कसरी लाग्यो भने अहिलेसम्म खुलेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here