प्रदेश एक सरकारद्वारा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत


२३ जेष्ठ २०७६, बिहीबार २१:०९ मा प्रकाशित

मोरङ ।    प्रदेश एक सरकारले आज प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
मुख्यमन्त्री शेरधन राईले पेश गर्नुभएको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ्गले प्रदेश सभामा सम्बोधन गर्नुभयो ।प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६-७७ कालागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषि र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

छरितो र स्पष्ट योजनासहित नीति तथा कार्यक्रम आउने अपेक्षा गरिएको भएपनि सबैलाई खुसि बनाउन कार्यक्रमहरु छरिएका छन् ।धेरै कार्यक्रमहरु दोहोरिएका छन् ।उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय र भूमिव्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले उस्तै प्रकृती र उद्देश्यका कार्यक्रमहरु राखेका छन् ।सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै ५ वर्ष भित्रमा मासु, माछा र अण्डा उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउने घोषणा गरेको छ ।

१० विगाह भन्दा बढी जमिनलाई चक्लाबन्दी गरेर कम्पनी मार्फत खेती गर्नेहरुकालागि कम्पनी निर्माण र दर्ता प्रकृयामा लाग्ने सबै शुल्क मिनाह गर्ने र एक करोड रुपियाँसम्म सहुलियत ब्याजदरमा कर्जा उपलव्ध गराउने घोषणा पनि गरिएको छ ।
प्रदेश १ का एक सय वटा फर्महरुलाई आगामी वर्ष विशेष अनुदान दिइने घोषणा प्रदेश सरकारले गरेको छ ।धुलो दूध उत्पादनलाई बिस्तार गर्ने र ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, खोटाङ लगायतका जिल्लामा हिमालयन फुड उत्पादन विशेष कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस अन्तरगत फापर, जौ,आलु लगायतका अन्न उत्पादनमा विशेष जोड दिने सरकारको योजना छ । मध्य पहाडी क्षेत्रलाई अग्र्यानिक उत्पादनको केन्द्रको रुपमा विकास गर्ने लगायतका योजना समेटिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here