मुलुकको राष्ट्रियतालाई सुदृढ ढंगले अघि बढाउनुपर्छ : झलनाथ खनाल


२९ असार २०७९, बुधबार १८:४४ मा प्रकाशित

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले मुलुकको राष्ट्रियतालाई सुदृढ ढंगले अघि बढाउनुपर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौमा आयोजित सम्मान कार्यक्रममा खनालले अहिले मुलुकको राष्ट्रियता निकै कमजोर रहेको भन्दै सुदृढ ढंगले अघि बढाउनुपर्ने सवैको दायित्व भएको बताउनुभएको हो । उहाँले संविधान अनुसार नै मुलकलाई समाजवादको दिशातर्फ अघि बढाउनुपर्ने बताउनुभयो । मुलुकमा लोकतान्त्रीक क्रान्ति संविधान सम्पन्न भइसकेको अवस्थामा समाजवादका दिशातर्फ अघि बढ्नुपर्ने अहिलको आवश्यकता रहेको उहाँको भनाइृ छ ।

उहाँले समाजवादले मात्रै सवै समस्याहरु समाधान हुने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here