काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपभित्र रहेको एक गोदाममा आगलागी भएको छ ।
भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा बुधबार अपरान्ह आगलागी भएको हो । आगलागीका कारण गोदाम पूर्णरुपमा नै नष्ट भएको छ ।
दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो । आगलागीको कारण र क्षतिको बिबरण आएको छैन ।





