सुनसरी । धरानमा डेङ्गु रोगको संक्रमण फैलिएको छ ।धरानमा मात्रै अहिले डेङ्गुका ६५ जना बिरामी देखिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । इटहरीमा पनि केही दिन अघि एक जनामा डेङ्गुको संक्रमण भेटिएको थियो ।
धरान क्षेत्रमा डेङ्गु रोगको खतरा बढेपछि सर्तकता समेत अपनाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले बताउनु भयो ।स्थानीय तह मार्फत सर्तकता कार्यक्रम सुरु भएको र जिल्ला स्वास्थ्यको समन्वयमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा डेङ्गु पहिचान गर्ने किटको व्यवस्थापन गरिएको छ ।
घरमा फूल रोप्न राखिएको गमला, प्लाष्टिकको बोतल, टायर, जुठेल्नामा राखिएको भाँडा, बिर्को बिनाको खानेपानी ट्याङ्कीमा डेङ्गुको अण्डा, लार्भा र प्युपा फेला परेको धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।धरानको वडा नं. १, ५, १४ र १५ मा डेङ्गुको बढि समस्या रहेको छ ।





