म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा औषधि अभाव


२० जेष्ठ २०७६, सोमबार ११:५९ मा प्रकाशित

म्याग्दी ।    उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्यचौकीमा जीवनजललगायत अत्यावश्यक औषधिको अभाव भएको छ ।

१५ दिनदेखि गाउँपालिकाका ६ वटै स्वास्थ्यचौकीमा जीवनजल, सिटामोललगायतका अत्यावश्यक औषधिको अभाव भएपछि जनताले सास्ती व्यहोर्न बाध्य भएका छन् ।अन्नपूर्णका जनता जीवनजल र सिटामोल लिनका लागि सदरमुकाम बेनी पुग्नु पर्ने वाध्यतामा छन् ।अन्नपूर्णमा विगत तीन महीना अघिदेखि सरकारले निःशुल्क उपलब्ध गराउने ३५ प्रकारका औषधिको समेत अभाव भएको हो ।

गाउँमा निजी क्लिनिकसमेत नभएकाले सरकारले उपलब्ध गराउने ३५ प्रकारका औषधिसमेत सदरमुकाममा पुगेर महँगोमा खरीद गर्नुपर्ने स्थानीयको गुनासो छ ।गाउँपालिकाले खरीद गरेको औषधि गाउँपालिकामा आउन ढिलाई गरेकाले गाउँमा औषधिको अभाव भएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनु भयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here