मालपोत तथा नापी कार्यालयमा अनलाईन डिजिटल प्रविधि जडान गरीने


२० जेष्ठ २०७६, सोमबार ११:३० मा प्रकाशित

पाँचथर ।  भूमी ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले कृषि क्षेत्रबाटै मुलकको समृद्धि आउने बताउनु भएको छ ।

पाँचथरको फिदिममा आज पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।कृषि क्षेत्रबाट नै मुलकले समृद्धि हासिल गर्ने बताउँदै उहाँले अव वाहिरबाट आउने कृषिजन्य वस्तुहरुको आयात रोक्नुपर्ने बताउनु भयो । निर्यात वृद्धि र प्रर्वद्धन गर्ने मात्रै नभएर अव वस्तुहरु आयात रोकेर मुलकलाई समृद्धिको बाटो तर्फ अघि वढाउनु पर्ने उहाँको तर्क थियो ।

सरकारले हरेक क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने सोचका साथ काम गरिरहेको उल्लेख गर्दै उहाँले जनतालाई परिवर्तनको प्रत्याभूति दिने गरिको काम गरिरहेको बताउनु भयो ।यस्तै मालपोत तथा नापी कार्यालयमा अनलाईन डिजिटल प्रविधिबाट काम गर्ने गरीको वातावरण बनाउने उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here