राष्ट्रपतिद्धारा दुईवटा विधेयक प्रमाणीकरण


२४ असार २०७९, शुक्रबार १४:१७ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दुई वटा विधेयक प्रमाणीकरण गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नु भएको हो ।

राष्ट्रपति भण्डारीले विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५लाई स‌ंशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here